+

जहीर खान चेन्नई सुपर किङ्सको मुख्य प्रशिक्षक नियुक्त

२०८३ असोज  ५ गते १८:४९ २०८३ असोज ५ गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेन्नई सुपर किंग्सले पूर्व भारतीय तीव्र गतिका बलर जहीर खानलाई २०२७ सिजनका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
  • जहीरले २००९ देखि २०२६ सम्म सीएसके सम्हालेका स्टेफन फ्लेमिङको स्थान लिनेछन् ।
  • फ्लेमिङको नेतृत्वमा सीएसके आईपीएलकै सबैभन्दा सफल टोलीमध्ये एक बनेको थियो ।

५ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज चेन्नई सुपर किंग्स (सीएसके) ले पूर्व भारतीय तीव्र गतिका बलर जहीर खानलाई २०२७ सिजनका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

जहीरले सन् २००९ देखि २०२६ सम्म लगातार १८ सिजन टोली सम्हालेका स्टेफन फ्लेमिङको स्थान लिनेछन् । फ्लेमिङको नेतृत्वमा सीएसके आईपीएलकै सबैभन्दा सफल टोलीमध्ये एक बनेको थियो ।

४७ वर्षीय जहीर भारतका सफल बायाँहाते तीव्र गतिका बलरमध्ये एक हुन् । उनले भारतलाई २०११ को एकदिवसीय विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

सीएसकेले नयाँ सिजन सुरु गर्ने तयारीमा जहीरलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको छ ।

फ्लेमिङ भने हाल इंग्ल्याण्ड क्रिकेट टोलीका प्रशिक्षक हुन् ।

चेन्नई सुपर किङ्स जहीर खान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय