+

२०औं एसियन गेम्सः महिला बक्सिङमा पहिलो चरणबाटै बाहिरिइन् रमिशा श्रेष्ठ

२०८३ असोज  ६ गते ११:३१ २०८३ असोज ६ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सअन्तर्गत बक्सिङको महिला ५१ केजीमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणमा भियतनामकी ताम न्गुएन थीसँग ५–० ले पराजित भइन्।
  • पुरुष ५५ केजीमा नेपालका चन्दबहादुर थापाले आज भारतका मन्देङबाम जदुमानी सिंहसँग प्रतिस्पर्धा गर्नेछन्।
  • पुरुष ७० केजीका धनबहादुर दर्लामी पनि पहिलो चरणबाटै बाहिरिएका छन्।

६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् ।

जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् ।

आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी सिंहसँग प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि पुरुष ७० केजीमा नेपालका धनबहादुर दर्लामी पहिलो चरणबाटै बाहिरिसकेका छन् ।

खगेन्द्र रोकामगर, कुसुम तामाङ, अस्मिता डुवाल रविन नेपालले प्रतिस्पर्धा गर्न बाँकी छ ।

२०औं एसियन गेम्स महिला बक्सिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय