+

२०औं एसियन गेम्सः नेपालका सफ्ट टेनिसका सबै खेलाडी पदकविहीन

२०८३ असोज  ६ गते ११:३३ २०८३ असोज ६ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सअन्तर्गत सफ्ट टेनिसमा सहभागी सबै नेपाली खेलाडी पदकविहीन बन्दै बाहिरिएका छन्।
  • पुरुष सिंगलमा प्रदीप खत्री दक्षिण कोरिया र फिलिपिन्सका खेलाडीसँग ४–० ले पराजित हुँदै समूह चरणबाट बाहिरिए।
  • महिला सिंगलमा जर्जिया चौधरी मंगोलिया र जापानका खेलाडीसँग समान ४–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन्।

६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत सिंगलतर्फ प्रदीप खत्री र जर्जिया चौधरी जितविहीन रहँदै बाहिरिएका छन् ।

जापानको हिगाशियामा पार्क टेनिस सेन्टरमा मंगलबार भएको पुरुष सिंगलमा नेपालका प्रदीप समूह चरणबाट दुवै खेलमा पराजित हुँदै बाहिरिए । पहिलो खेलमा दक्षिण कोरियाका हान्युल लीसँग ४–० ले पराजित भएको प्रदीप दोस्रो खेलमा फिलिपिन्सका जोसेफ अर्सिलासँग समान ४–० ले नै पराजित हुन पुगे ।

महिला सिंगलतर्फ नेपालकी जर्जिया मंगोलियाकी नामुन्खुसलेन एर्देमबिलेग र जापानकी तेम्मा रेनासँग समान ४–० ले पराजित भइन् ।

मिक्स्ड डबल्समा जर्जिया र कमल भण्डारीको जोडीले एक खेल जितेर दोस्रो चरणमा पुगेपनि त्यसपछि अगाडी बढ्न सकेनन् । उनीहरु इन्डोनेसियाका फर्नान्डो सांगेर र आरासी सिटीको जोडीसँग ५–१ ले पराजित हुँदै बाहिरिए ।

मेन्स टिममा प्रदीप खत्री, कमल भण्डारी र व्रिजेश पाण्डेको नेपाली टिमले समूह चरणमा दुवै हार बेहोर्‍यो । उनीहरु दक्षिण कोरिया र इन्डोनेसियासँग समान ३–० ले पराजित भए । मेन्स सिंगलमा प्रदीप जितविहीन बने भने कमलले एक खेलमा जित निकाले ।

उनले लाओसका फात्थाना लुआङसिसोम्बाथलाई ४–३ ले हराएपनि समूह चरणबाट अगाडि बढ्न सकेनन् ।

उनी पहिलो खेलमा चाइनीज ताइपेइका यु–सुङ चाङसँग पराजित भएका थिए । सफ्ट टेनिसमा सहभागी सबै नेपाली खेलाडी पदकविहीन बन्दै बाहिरिएका छन् ।

२०औं एसियन गेम्स सफ्ट टेनिस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय