६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत उसुमा नेपालका दीपक हमाल र अमर सुनार बाहिरिएका छन् । जापानमा जारी गेम्सको उसुतर्फ पहिलो खेलमै पराजित हुँदै दीपक र अमर प्रतियोगिताबाट बाहिरिएका हुन् ।
उसुको पुरुष नानछ्कान र नानगुन विधामा दीपक ९.६७३ अंक प्राप्त गर्दै १२औं स्थानमा रहे । १८ जना सहभागी भएकोमा दीपकले ६ जनालाई मात्रै पछि पार्न सके ।
पुरुष ६५ केजी तौल समूहमा अमर पहिलो खेलमै पराजित हुन पुगे । चीनका वाङ छेङजिनसँग पराजित हुँदै एसियन गेम्समा आफ्नो यात्रा टुग्याए । अमर विन बाइ पोइन्ट डिफ्रेन्स (१२ अंकभन्दा बढीको अन्तर) ले पराजित भए ।
यसअघि नेपालबाट सहभागी भएका विजय सिन्जाली, हरिबहादुर गोले, सुस्मिता तामाङ, रिता ठकुल्ला र साविता राई पहिलो चरणबाटै बाहिरिसकेका छन् ।
राजिव तामाङ र सञ्जिव महर्जनले खेल्ने बाँकी छ ।
प्रतिक्रिया 4