+
२०औं एसियन गेम्स :

टेबलटेनिस पुरुष सिंगल्समा रुबिन र संयोग पहिलो चरणबाटै बाहिरिए

२०८३ असोज  ८ गते १०:१८ २०८३ असोज ८ गते १०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिस पुरुष सिंगल्समा नेपालका रुबिन महर्जन पहिलो चरणमै मकाउका टिन इयान माकसँग ४–१ ले पराजित भई बाहिरिए ।
  • सोही स्पर्धामा संयोग कपाली पनि यमनका इब्राहिम गुब्रानसँग ४–१ ले पराजित हुँदै पहिलो चरणबाटै बाहिरिए ।
  • रुबिन र संयोगले अब पुरुष डबल्समा प्रतिस्पर्धा गर्नेछन् ।

८ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको पुरुष सिंगल्समा नेपालका रुबिन महर्जन र संयोग कपाली पहिलो चरणबाटै बाहिरिएका छन् ।

बिहीबार स्काइ हल टोयोटामा भएको खेलमा रुबिन मकाउका टिन इयान माकसँग तथा संयोग यमनका इब्राहिम गुब्रानसँग समान ४–१ को सेटमा पराजित भए ।

रुबिनले पहिलो सेट ५–११ ले गुमाएपछि दोस्रो सेटमा ११–३ को जित निकाल्दै खेलमा फर्कने संकेत गरेका थिए । तर त्यसपछि उनले लगातार तीन सेट ११–९, ११–४ र १२–१० ले गुमाए ।

यस्तै,  संयोगले तेस्रो सेट ११–८ ले जिते पनि पहिलो, दोस्रो, चौथो र पाँचौँ सेट क्रमशः ५–११, ८–११, ७–११ र ६–११ ले गुमाए ।

यससँगै नेपालका रुबिन र संयोग दुवै पुरुष सिंगल्सको पहिलो चरणबाटै बाहिरिएका छन् ।

अब यी खेलाडीले पुरुष डबल्समा प्रतिस्पर्धा गर्न बाँकी छ ।

२०औं एसियन गेम्स एसियन गेम्स टेबलटेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय