+

२०औं एसियन गेम्स : नेपालका राजनले पूरा गरेनन् १० हजार मिटर दौड

२०८३ असोज  ९ गते १८:२४ २०८३ असोज ९ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा भएको २०औं एसियन गेम्सको पुरुष १० हजार मिटर दौड नेपालका राजन रोकायले पूरा गर्न सकेनन् ।
  • उही स्पर्धामा प्यालेस्टाइनका अहमद रिदातले पनि दौड पूरा गरेनन्, भने बहराइनका बिरहानु बाल्युले स्वर्ण जिते ।
  • महिलातर्फको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठ ११औं भएकी थिइन् ।

९ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष १० हजार मिटर दौडमा सहभागी भएका नेपालका राजन रोकायले दौड पूरा गर्न सकेनन् ।

जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा भएको १० हजार मिटर दौड नेपालका राजनले पूरा गर्न सकेनन् । उनीसहित प्यालेस्टाइनका अहमद रिदातले पनि दौड पूरा गरेनन् ।

उक्त विधामा २८ मिनेट २७.५१ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै बहराइनका बिरहानु बाल्युले स्वर्ण पदक जिते । भारतका गुलवीर सिंहले २८ मिनेट २९.३८ सेकेन्डमा पूरा गर्दै रजत र २८ मिनेट ३४.३८ सेकेन्डमा बहराइनका अल्बर्ट किप्टुले काश्य पदक जित्न सफल भए ।

महिलातर्फको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठ ११औं भएकी थिइन् ।

२०औं एसियन गेम्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय