१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक गिरीले पार्टीको १५ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गिरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले अनुभवी नेतृत्वको मार्गदर्शन र युवाशक्तिको ऊर्जा तथा सहभागितालाई साथमा लिएर पार्टीलाई नयाँ गति दिन चाहेको बताएका छन् । अनुभव र युवाबीचको सहकार्यबाट संगठनलाई थप बलियो बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।
‘मेरो लामो राजनीतिक यात्रामा नेपाली कांग्रेसका हरेक चुनौती, आन्दोलन र संगठन निर्माणका अभियानमा निरन्तर सहभागी हुँदै आएको छु,’ उनले लेखेका छन्, ‘पार्टीको एक निष्ठावान कार्यकर्ताका रूपमा विभिन्न क्षेत्रमा गरेको योगदान, संघर्ष र लामो अनुभवलाई आत्मसात् गर्दै नेपाली कांग्रेसको संगठनलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउने संकल्पसहित आज म नेपाली कांग्रेसको उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दैछु ।’
उनले आगामी दिनमा कांग्रेसको यात्रामा जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनअन्तर्गत आज खुलामञ्चमा उद्घाटन समारोह हुँदैछ । त्यसपछि दुई दिन बन्दसत्र हुँदै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रिया 4