+

पञ्जाब किङ्सको प्रशिक्षक टोलीमा फेरबदल, पोन्टिङले खोज्दैछन् तीन नयाँ प्रशिक्षक

२०८३ असोज  २२ गते १३:२६ २०८३ असोज २२ गते १३:२६

२२ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि पञ्जाब किङ्सको प्रशिक्षक टोलीमा ठूलो फेरबदल हुने भएको छ ।

मुख्य प्रशिक्षक रिकी पोन्टिङको टोलीबाट साईराज बहुतुलेसहित अन्य दुई प्रशिक्षकले पनि छाडेपछि फ्रेन्चाइजले कम्तीमा तीन नयाँ प्रशिक्षकको खोजी थालेको छ ।

फिल्डिङ प्रशिक्षक ब्राड हाडिन र तीव्र बलिङ प्रशिक्षक जेम्स होप्सले पञ्जाब किङ्स छाडेका हुन् । दुवैले हालै फ्रेन्चाइज व्यवस्थापनलाई आफ्नो निर्णयबारे जानकारी गराएको बताइएको छ ।

अस्ट्रेलियाका पूर्व विकेटकिपर हाडिन पञ्जाबको फिल्डिङ प्रशिक्षक थिए भने पूर्व तीव्र गतिका बलर होप्स पोन्टिङको नेतृत्वमा बलिङ प्रशिक्षकको भूमिकामा थिए । दुवैले बिग बास लिग (बीबीएल) मा नयाँ जिम्मेवारी पाएको बताइएको छ ।

पोन्टिङसँग होप्सको निकट सम्बन्ध थियो । उनी पोन्टिङसँगै दिल्ली क्यापिटल्सबाट केही सिजनअघि पञ्जाब किङ्समा आएका थिए । हाडिन भने ट्रेभर बेलिसको नेतृत्वमा रहेको अघिल्लो व्यवस्थापनबाटै पञ्जाबको प्रशिक्षक टोलीमा थिए ।

अब नयाँ प्रशिक्षक छनोट गर्ने जिम्मेवारी पोन्टिङकै काँधमा आएको छ । फ्रेन्चाइजले आईपीएल २०२७ को खेलाडी अक्सनअघि, डिसेम्बरको मध्यतिर, नयाँ प्रशिक्षकहरू टुंगो लगाउने तयारी गरेको बताइएको छ ।

आईपीएल २०२७ पञ्जाब किङ्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय