News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानको ओडीआई शृङ्खलामा नेपालले आज क्यानडासँग ओमान क्रिकेट एकेडेमी टर्फ १ मा खेल्दै छ ।
- ओमानले क्यानडालाई हराएपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ ।
- लिग २ अंकतालिकामा नेपाल ३२ खेलबाट २४ अंकसहित सातौं र क्यानडा ३३ खेलबाट २५ अंकसहित छैटौं स्थानमा छ ।
२५ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलामा नेपालले आज क्यानडासँग खेल्दै छ ।
नेपाल र क्यानडाबीचको खेल ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुनेछ ।
लिग २ को अन्तिम शृङ्खला खेलिरहेका दुवै टोलीका लागि यो महत्त्वपूर्ण छ । यो शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई हराएको थियो ।
ओमानले क्यानडालाई हराएपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ । अब नेपालको ध्यान ओडीआई स्टाटस बचाउनेतर्फ हुनेछ ।
लिग २ अंकतालिकामा नेपाल ३२ खेलबाट २४ अंकसहित सातौं स्थानमा छ भने क्यानडा ३३ खेलबाट २५ अंकसहित छैटौंमा छ ।
नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम, शेर मल्ल
प्रतिक्रिया 4