+
+
Shares

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैंको टीका नलगाइदिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैं सादगीपूर्वक मनाउने भएका छन् ।
  • हिमपहिरो, बाढी र अविरल वर्षाले जनधनको क्षति र विस्थापन भएपछि उनले टीका तथा जमरा कार्यक्रम नराखेका हुन् ।

२५ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैं सादगीपूर्वक मनाउने भएका छन् । उनले विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको निर्मल निवासस्थित संवाद सचिवालयले जनाएको छ ।

संवाद सचिवालयले जारी गरेको सूचनाअनुसार गत भदौमा हिमपहिरोबाट आएको बाढी र असोजमा परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको तथा हजारौं मानिस विस्थापित भएको अवस्थालाई ध्यानमा राख्दै पूर्वराजा शाहले यस वर्षको दसैँ सादगीपूर्वक मनाउने निर्णय गरेका हुन् ।

यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?