+
+
Shares

बूढीगण्डकी बाढी : दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ८:४०

२५ असोज, काठमाडौं । गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामको पुल बगाएको छ ।

प्रहरीका अनुसार  चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत-सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ ।

यसैगरी गोरखाको धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ।

बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको प्रहरीले जनाएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बूढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्‍याएको हो।

प्रहरीका अनुसार बाढीले चुमनुब्री गाउँपालिका–३ सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को एउटा घरमा बाढी पसेको छ ।

प्रहरीका अनुसार धार्चे गाउँपालिका–५ माछिखोलास्थित तल्लो बस्तीमा बाढी पसेको छ । जसका कारण ५–७ वटा घर र ५–७ वटा टहरामा बाढी पसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?