News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बूढीगण्डकीको आकस्मिक बाढीले ९ वटा ब्लक र ६ वटा पब्लिक बिल्डिङ बगाएको प्राधिकरणले जनाएको छ।
- बाढी आउन लागेको सूचना पाएपछि आयोजनाका १८ कर्मचारी अग्लो स्थानमा गएर ज्यान जोगाएका छन्।
- नेपाली सेनाले जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिसकेको छ र थप उद्धारका लागि हेलिकप्टर तयारीमा छ।
२५ जेठ, काठमाडौं । गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बूढीगण्डकीको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ । १८ जना कर्मचारीहरुले भने भागेर ज्यान जोगाएका छन् ।
सो कम्पनीका ९ वटा ब्लक र ६ वटा पब्लिक बिल्डिङहरू बगाएको छ प्रारम्भिक सूचना प्राप्त भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
आयोजनामा कार्यरत १८ जना कर्मचारीहरूले भने स्थानीयबाट बाढी आउन लागेको सूचन पाएपछि भागेर ज्यान जोगाएका छन् । उनीहरू आफैं अग्लो र सुरक्षित स्थानमा गएका हुन् ।
उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको तयारी भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिए ।
‘प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू आ-आफ्नो क्षेत्रमा परिचालित छन् । अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा मानवीय जीवनको रक्षा गर्नु हो,’ प्राधिकरणका प्रमुख डा. उप्रेतीले भने ।
नेपाली सेनाको टोलीले जगत भन्ने क्षेत्रबाट ६ जनालाई हवाई उद्धार गरिसकेको जनाएको छ ।
नेपाली सेनाको हवाई टोली काठमाडौंबाट परिचालित भएको छ । स्थलगत रुपमा पनि सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पनि खटिएका छन् ।
प्रतिक्रिया 4