+
+
Shares

बूढीगण्डकीमा बाढी आउनुअघि उङ्गिलुङ खोलामा झरेको थियो पहिरो (तस्वीरहरू)

बाढी स्यार खोलाको सहायक नदी उङ्गिलुङ खोलाबाट सुरु भएको देखिन्छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टाइम्स इनर्जीका प्रबन्ध निर्देशक सुशील थापा आइतबार बिहान हेलिकप्टरबाट बूढीगण्डकी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न पुगेका थिए।
  • थापाका अनुसार बाढी स्यार खोलाको सहायक नदी उङ्गिलुङ खोलाबाट सुरु भएको देखिन्छ, जहाँ पहिरो गएपछि बाढी आएको प्रारम्भिक अनुमान छ।
  • बाढीले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प, भवन र निर्माण उपकरण बगाएर ठूलो भौतिक क्षति पुर्‍याएको छ।

२५ असोज, काठमाडौं। टाइम्स इनर्जी प्रालिका प्रबन्ध निर्देशक सुशील थापा बूढीगण्डकी बाढीलगत्तै आइतबार बिहान हेलिकप्टरबाट बाढी प्रभावित क्षेत्र अवलोकन गर्न पुगेका थिए।

थापाका अनुसार, बाढी स्यार खोलाको सहायक नदी उङ्गिलुङ खोलाबाट सुरु भएको देखिन्छ। पहिरो आउनुअघि उङ्गिलुङ खोलामा पहिरो खसेको देखिन्छ। स्यार खोला बूढीगण्डकी नदीको सहायक खोला हो।

आइतबार बिहानै आएको बाढीले उङ्गिलुङ गोठमा बस्ने ५ जना र धाउनेका तीन घरका ५ जना सम्पर्कविहीन बनेका स्थानीय दिपेश लामाले जानकारी दिए।  पहिरोका कारण खोला केही समय थुनिएको र एक्कासी खोलिँदा बाढी आएको हो।

स्यार खोला र बूढीगण्डकी नदीको दोभान फिलिमबाट करिब ५ किलोमिटर टाढा छ। चुम्चेत–६ मा स्यार खोलाको बायाँ किनारमा पर्ने सानो सहायक खोला उङ्लुङ खोलामा पहिरो गएको थापाले जानकारी दिए। बाढी यही क्षेत्रबाट आएको प्रारम्भिक अनुमान रहेको छ।

यो बाढीले टाइम्स इनर्जी प्रालिले प्रबर्द्धन गरिरहेको अर्धजलाशययुक्त ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र, भवन तथा निर्माण उपकरणहरू बगाएर ठूलो भौतिक क्षति पुर्‍याएको छ।

सबै तस्वीर- सुशील थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?