+
+
Shares

हिरासतबाट रिहा भएपछि अभिजीतले मोदीलाई भने- ‘डरपोक’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १३:३६

२५ असोज, काठमाडौं । कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले प्रहरी हिरासतबाट रिहा भएपछि पहिलो प्रतिक्रिया दिएका छन्।

अभिजीत दीपकेले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई निशाना बनाउँदै उनलाई ‘डरपोक’ भनेका छन्।

अभिजीतले एक्समा पोस्ट गरे,’प्रधानमन्त्रीका रूपमा मोदी भारतका लागि लज्जाको कारण हुन्। यो देशले आजसम्म उनीभन्दा ठूलो डरपोक र अरूलाई डराउने व्यक्ति देखेको छैन।’

अर्का नेता आशुतोष राङ्काले एक्समा लेखे, ‘ज्ञानेश कुमार गद्दार हुन्। राजीनामा त उनले दिनुपर्छ। यस्ता गद्दारहरूलाई हटाउनका लागि जीवनभर जेल बस्न पनि मञ्जुर छ।’

अभिजीत दीपके, सौरव दास र आशुतोष राङ्कालाई आइतबार बिहान करिब १० बजे २३ घण्टा हिरासतमा राखेपछि रिहा गरियो। उनीहरू तीनै जनालाई दिल्ली क्यान्टमा रहेको एग्जीक्युटिभ म्याजिस्ट्रेट कोर्टमा पेस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?