+
+
Shares

बाढीपछि नाकाबन्दीमा पर्‍यो गोरखाको जगत गाउँ 

बूढीगण्डकी नदीमा आएको आस्मिक बाढीका कारण उत्तरी गोरखाको जगत गाउँ नाकाबन्दीमा परेको छ। 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बूढीगण्डकी नदीको आकस्मिक बाढीले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-३ सिर्दिवासको जगत गाउँ नाकाबन्दीमा परेको छ।
  • मनास्लु संरक्षण क्षेत्र आयोजनाका फिलिम कार्यालय प्रमुख भुवनराज ओझाले जगतका स्थानीय थुनिएको र माथि–तल दुवैतर्फ जान नमिल्ने अवस्था भएको बताए।
  • गाउँपालिकाका अनुसार जगतका २५ घर नाकाबन्दीमा परेका छन्, ९ घर बगाएका छन् र प्रभावितलाई त्रिपाल तथा खाद्यन्न उपलब्ध गराउने तयारी भइरहेको छ।

२५ असोज, काठमाडौं । बूढीगण्डकी नदीमा आएको आस्मिक बाढीका कारण उत्तरी गोरखाको जगत गाउँ नाकाबन्दीमा परेको छ।  चुमनुब्री गाउँपालिको सिर्दिवासस्थित जगत गाउँ नाकाबन्दीमा परेको हो।
मनास्लु संरक्षण क्षेत्र आयोजनाको फिलिम कार्यालय प्रमुख भुवनराज ओझाले भने, ‘जगत गाउँका स्थानीय चाहिँ थुनिए। त्यहाँबाट तल जान पनि नसक्ने र माथि जान पनि नसक्ने अवस्था छ।’

उनका अनुसार जगतबाट माथि जानलाई सल्लेरीमा बाढीले सडक तथा पैलदमार्ग सबै कटान गरेको छ। त्यस्तै जगतबाट तल बगरमा पनि बाटो कटान गरेर जान नमिल्ने भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार जगतका २५ घर नाकाबन्दीमा परेका छन्।

‘जगत गाउँ नै नाकाबन्दीमा परेको छ। गाउँ तल कालेभिरको बाटो पूरै कटान छ। माथि सल्लेरी सबै बगाएको छ। जान-आउन नमिल्नेछ,’ उनले भने, ‘जगतमा ९ घर चाहिँ बगायो।  मानिसहरू सुरक्षित हुनुहुन्छ।’

उनले गाउँपालिकाले बाढी प्रभावितहरूको एकिन तथ्यांक संकलन गरेर राहत वितरणको तयारी गरिरहेको बताए।  ‘हामी अहिले  यहाँका स्थानीयलाई पहिले बस्नका लागि त्रिपाल र खाद्यन्न सामग्री दिने तयारी गरिरहेका छौं,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?