+
+
Shares

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ७ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते ११:०२

२६ असोज, काठमाडौं । काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुबाहक बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्‍चिमको दाउन्नेमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सुदूरपश्चिम यातायातको सु.प्र.०१-००१ ख २३३० नम्बरको बस नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिकै अनियन्त्रित भई सडकमा पल्टिएर आज बिहान दुर्घटनामा परेको हो ।

बसमा करिब ४०–४५ जना सवार रहेकोमा घाइते भएका ७ जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका-२ का ५२ वर्षीय पुष्कर सिंह धामी, अछामको साँफेबगर नगरपालिका-५ का २६ वर्षीया मौसमी ओढ, दार्चुलाको मार्मा गाउँपालिका-३ का ३० वर्षीय भगवती अवस्थी, कैलालीको लम्कीचुहा नगरपालिका-८ का २९ वर्षीया निर्मला खड्का रहेका छन् ।

यसैगरी घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिका-३ का ४८ वर्षीय धनञ्जय जोशी, कैलालीको गौरीगंगा नगरपालिका-१० का ३९ वर्षीय बसचालक इन्द्र विक र कैलालीको गोदावरी नगरपालिका-१ का ४६ वर्षीय सहचालक मोहन जोशी रहेका छन् ।

बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको एचआर३९जी २८७६ नम्बरको भारतीय ट्रकमा समेत सामान्य ठक्कर लाग्दा ट्रकको पछाडिको भागमा क्षति पुगेको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?