News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेलाई कालापानी, लिपुलेक र लिम्पियाधुराबारे संसदीय सुनुवाइमा प्रश्न गरिन् ।
- अर्यालले ती क्षेत्र नेपालको भूमि भएको भन्दै त्यहाँ के गर्नुहुन्छ ? भनेर सोधिन् र राष्ट्रहितमा के गर्ने योजना छ ? पनि जिज्ञासा राखिन् ।
- उनले व्यापार घाटा कम गर्ने र नेपाली उत्पादनका लागि भारतीय बजारको सम्भावना तथा अवरोध हटाउने गरी काम गर्न सुझाव दिइन् ।
२६ असोज, काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेलाई कालापानीबारे प्रश्न राखेकी छिन् ।
संसदीय सुनुवाइ समितिमा आज प्रस्तावित राजदूत डा. पाण्डेमाथि सुनुवाइ चलिरहेको छ ।
सो क्रममा अर्यालले प्रश्न गरिन्, ‘कालापानी, लिपुलेक, लिम्पियाधुराको विषय छ । त्यो हाम्रो भूमी हो, तथ्य यही हो । यसमा के गर्नुहुन्छ ?’
साथै, उनले नेपालको राष्ट्र हितमा के गर्ने योजना छ ? भनेर पनि सोधिन् ।
विगतका राजदूत भन्दा नयाँपन देखिने र परिणाम देखिने गरी काम गर्न सुझाइन् ।
व्यापार घाटा कम गर्ने, नेपाली उत्पादनको भारतीय बजारको सम्भावना र अवरोध हटाउने गरी काम गर्न पनि सुझाव दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4