News Summary
Generated by OK AI. Editorially reviewed.- ब्रेकिङ ब्याडमा वाल्टर ह्वाइट जुनियरको भूमिका निभाएका अमेरिकी कलाकार आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ।
ड्रामा सिरिज ब्रेकिङ ब्याड हेर्नुभएको छ भने तपाईंलाई ड्रग किङ पिन वाल्टर ह्वाइटको छोरा वाल्टर ह्वाइट जुनियर पक्कै थाहा होला । तिनै पात्र निभाउने अमेरिकी कलाकार आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ ।
उनको मृत्युको कारण खुलाइएको छैन ।
उनलाई यस सिरिजमा आफ्नो कामका लागि २०१४ मा स्क्रिन एक्टर्स गिल्ड अवार्ड दिइएको थियो । उनले यस भूमिकामा मौलिकता ल्याएको र अपाङ्गतासम्बन्धी जनचेतनाका लागि एउटा मञ्च तयार गरेको समीक्षकहरूले भन्ने गरेका छन् ।
आरजे मिट्टेको जन्म २१ अगस्ट १९९२ मा अमेरिकाको लुजियानामा भएको थियो । उनी त्यहीँ हुर्किएका थिए । बाल्यकालमै उनलाई सेरेब्रल पल्सी नामक रोग लागेको थियो । यो कारणले गर्दा उनी बाल्यकालदेखि नै हिँडडुल गर्न बैसाखी र शारीरिक सहयोग लिने गर्थे ।
सन् २००५ मा उनी आफ्नी कान्छी बहिनीको अभिनय करियरलाई साथ दिन परिवारसँगै लस एन्जलस सरे । त्यसक्रममा उनले पनि केही विज्ञापनहरूबाट आफ्नो अभिनय गर्ने मौका पाएका थिए । त्यहीँबिच उनलाई
ब्रेकिङ ब्याडमा अभिनय गर्ने मौका मिल्यो ।
संयोगवश सिरिजमा उनका पात्रलाई पनि सेरेब्रल पल्सीको समस्या हुन्छ । वास्तविक जीवनमा समेत त्यसैको बिराम भएका उनले चरित्रलाई अत्यन्त जीवन्त बनाए । यसपछि उनको करियरमा मोड आयो ।
उनले अभिनयबाहेक सामाजिक तथा परोपकारी कार्यहरूमा उत्तिकै सक्रिय हुन थाले । युनाइटेड सेरेब्रल पल्सी र साइनर्स चिल्ड्रन्स जस्ता संस्थाका सद्भावना दूतका रूपमा काम गरे । त्यस्तै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र समाजमा उनीहरूको उचित प्रतिनिधित्व सुनिश्चित गर्न द मिट्टे फाउन्डेसन समेत स्थापना गरेका थिए ।
उनले यो सिरिज बाहेकक हन्ना मोन्टाना, स्विच्ड एट बर्थ, वेस्थम्पटन, टकिङ टु स्ट्रेन्जर्स लगायतका सिनेमामा समेत काम गरेका छन् ।
प्रतिक्रिया 4