News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढी प्रभावित सशस्त्र प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेको छ।
- संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले असोज २६ गते प्रधान कार्यालयमा राहत रकम हस्तान्तरण गरेकी हुन्।
- बाढीमा १३ बहालवाला र १ अवकाशप्राप्त सशस्त्र प्रहरी बेपत्ता भएका थिए भने १ अवकाशप्राप्त कर्मचारी घाइते भएका थिए।
- संघले परिवार बेपत्ता भएका कर्मचारीलाई १० हजार, बेपत्ता कर्मचारीका परिवारलाई २५ हजार र घाइते अवकाशप्राप्त कर्मचारीलाई १० हजार रुपैयाँ उपलब्ध गराएको छ।
- पौडेलले विपद् कोषका लागि ५० हजार ५ सय ५५ रुपैयाँ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अन्जनी कुमार पोखरेललाई पनि हस्तान्तरण गरेकी छिन्।
२७ असोज, काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढी प्राभावित सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेको छ ।
उक्त रकम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा असोज २६ गते संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले हस्तान्तरण गरेकी हुन् ।
उक्त बाढीमा बहालवाला सशस्त्र प्रहरी कर्मचारी १३ जना र अवकाशप्राप्त सशस्त्र प्रहरी १ जना गरी १४ जना बेपत्ता भएका थिए भने १ जना अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी घाइते भएका थिए ।
त्यस्तै, दुई जना सशस्त्र प्रहरी कर्मचारीहरूको परिवार बेपत्ता भएका छन् । बेपत्ता बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई २५ हजार दरले तथा परिवार बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीलाई १० हजार दरले र घाइते भएका अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई समेत १० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।
संघकी अध्यक्ष पौडेलले बेपत्ता भएकाहरूमध्ये सशस्त्र प्रहरी सहायक हवल्दार कृष्ण कुमार कार्की, आशिष पौडेल र जवान साजन कुँवरको परिवार तथा अवकाश प्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक बल बहादुर घर्ती मगर र परिवार बेपत्ता भएका २ महिला सशस्त्र प्रहरी कर्मचारीलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।
बेपत्ता भएका बाँकी सशस्त्र प्रहरी कर्मचारीहरूको परिवारजनहरूसँग भेट गरी उक्त रकम प्रदान गरिने छ ।
त्यस्तै उनले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको विपद् कोषमा जम्मा गर्नको लागि ५० हजार ५ सय ५५ रुपैयाँ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अन्जनी कुमार पोखरेललाई हस्तान्तरण गरेकी छिन् ।
सशस्त्र प्रहरी परिवार महिला संघलाई आत्मनिर्भर बनाउँदै लैजाने क्रममा संघले विभिन्न किसिमका आयमूलक क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ । उक्त आयमूलक क्रियाकलापहरूद्वारा संकलित रकमबाट नै राहत रकम प्रदान गरिएको हो ।
प्रतिक्रिया 4