+
+
Shares

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनमा प्रतिमा गौतम महिलातर्फ सहमहामन्त्रीमा निर्वाचित भएकी छन्।
  • उनले नानुमैया बास्तोलालाई तीन हजार पाँच सयभन्दा बढी मतले पराजित गरेकी हुन्।
  • केन्द्रीय निर्वाचन समितिका अनुसार गौतमले ५ हजार ११६ मत र बास्तोलाले १ हजार ५५४ मत प्राप्त गरेकी छन्।

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृ प्रतिमा गौतम सहमहामन्त्री (महिलातर्फ) निर्वाचित भएकी छन् ।

उनी नेतृ नानुमैया बास्तोलालाई फराकिलो अन्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।

केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको मतगणनाको नतिजाअनुसार गौतमले बास्तोलालाई तीन हजार पाँच सयभन्दा बढी मतले पराजित गरेकी छन् ।

आयोगले नेतृ गौतम पाँच हजार ११६ मतसहित महिलातर्फ सहमहामन्त्रीमा निर्वाचित भएकी जनाएको छ ।

आयोगका अनुसार प्रतिष्पर्धी बास्तोलाले एक हजार ५५४ मत प्राप्त गरेकी छन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?