+
एनपीएल :

पाँचौं विकेटको रुपमा सुदूरपश्चिमले गुमायो पाण्डे

२०८३ कात्तिक  ९ गते १७:४८ २०८३ कात्तिक ९ गते १७:४८

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले पाँचौं विकेट गुमाएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनपीएल तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले ८.२ ओभरमा पाँचौं विकेटका रूपमा इशान पाण्डेलाई गुमाएको छ।
  • लुम्बिनी लायन्सका शेर मल्लले ३.१ ओभरमा विनोद भण्डारीलाई आउट गरेका थिए भने किशोर महतोले आरिफ शेख र ब्रान्डन म्याकमुलेनलाई पभेलियन फर्काएका थिए।
  • ५.४ ओभरमा चौथो विकेट गुमाउँदा सुदूरपश्चिम रोयल्सले ३४ रन मात्र जोडेको थियो।

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले पाँचौं विकेट गुमाएको छ ।

सुदूरपश्चिम रोयल्सले ८.२ ओभरमा इशान पाण्डेलाई पाँचौं विकेटका रुपमा गुमाएको हो । उनलाई साविक विजेता लुम्बिनी लायन्सका तिलकराज भण्डारीले पभेलियन फर्काएका हुन् । भण्डारीको बलमा कप्तान रोहित पौडेलले क्याच गरेर पाण्डेलाई आउट गरेका हुन्।

लुम्बिनीका शेर मल्लले ३.१ ओभरमा ओपनर सुदूरपश्चिमका ब्याट्सम्यान विनोद भण्डारीलाई पभेलियन फर्काएका थिए ।

उनीपछि आरिफ शेख एक ओभरमा सुदूरपश्चिमका लागि रन जोड्न नपाउँदै आउन हुन पुगेका थिए । आरिफलाई लुम्बिनीका किशोर महतोले आउट गरेका थिए ।

किशोरले नै सुदूरपश्चिमका लागि खेलिरहेका ब्रान्डन म्याकमुलेनलाई बोल्ड गरेका थिए । ब्रान्डन ४.४ ओभरमा पभेलियन फर्किएका थिए । उनले सुदूरपश्चिमका लागि दुई बल खेल्दै दुई रन जोडेका थिए ।
सुदूरपश्चिमले सैफ अली जैबलाई चौथो विकेटका रुपमा गुमाएको थियो । ५.४ ओभरमा चौथो विकेट गुमाउँदा सुदूरपश्चिम रोयल्सले मात्र ३४ रन जोडेको थियो ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय