News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगअन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोजबीच मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट ग्राउण्डमा खेल हुँदैछ ।
- साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।
- कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गते समापन हुनेछ ।
१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।
पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । यी दुईको खेल मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट ग्राउण्डमा हुने छ ।
साँझ पाँच बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।
हिजोको उदघाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ७ विकेटले हराएको थियो ।
कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गते समापन हुनेछ ।
खेलको हिमालय स्पोर्टस्बाट प्रत्यक्ष प्रसारण हुनेछ । अनलाइनखबर डटकमले पनि बल बाई बल अपडेटसहित विशेष कभरेज गर्नेछ ।
प्रतिक्रिया 4