+

सुगरको रिपोर्टमाथि खैनीको बट्टा

२०८३ कात्तिक  १३ गते १३:५७ २०८३ कात्तिक १३ गते १३:५७
Shares
सुगरको रिपोर्टमाथि खैनीको बट्टा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखमा सुर्ती, खैनी, गुट्खा वा चुरोटले मुखको क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउने चेतावनी दिइएको छ।

यही बिहीबार ओपीडीमा एक जना बिरामीसँग मिठो संवाद भयो ।

ओहो ! सुगर त बढेको छ नि, के खानुहुन्छ ? चुरोट, सुर्ती केही खानुहुन्छ र ?

मेरो प्रश्न सुन्नासाथ उहाँले सुटुक्क खल्तीबाट खैनीको बट्टा निकाल्नुभयो

मैले सोधेँ– सुर्ती खाने बानी कहिले देखिको हो ?

उहाँ हाँस्दै भन्न थाल्नुभयो– डाक्टरसाहेब, यो त सानैदेखिको बानी हो । सानो छँदा बाबा र काका सधैँ बिहान मर्निङ वाकमा जानुहुन्थ्यो । हामी बच्चाहरू भर्खर उठ्दै गर्दा उहाँहरू घर फर्किसक्नुहुन्थ्यो।

बाबाले खल्तीबाट छर्लङ्ग आवाज आउने गरी खैनीको बट्टा निकाल्नुहुन्थ्यो । त्यो बेला बिजुली खैनीको बट्टा हुन्थ्यो । अनि रजनिकान्तको शैलीमा खुट्टामाथि खुट्टा राखेर मुखमा खैनी हाल्नुहुन्थ्यो र बल्ल चिया पिउनुहुन्थ्यो । मलाई बाबाको त्यो शैली एकदमै मन पर्थ्यो ।

एक दिन मैले सोधेँ– बाबा, त्यो बट्टामा के छ ?

बाबाले हाँस्दै भन्नुभयो– यो त भगवानको प्रसाद हो ।

मैले पनि रमाइलो गर्दै भनेँ– भगवानकै प्रसाद भए मलाई पनि अलिकति दिनुस् न बाबा, परीक्षा आउन लागेको छ।

बाबाले अलिकति खैनी मुखमा राखिदिनुभयो।

त्यही दिनदेखि मैले त्यसलाई भगवानको प्रसाद सम्झेर खान थालेँ । सानो उमेरमा लागेको बानी आजसम्म छुटाउन सकेको छैन।

अहिले थाहा छ– खैनी खानु हुँदैन, स्वास्थ्यलाई हानि गर्छ । श्रीमती र बालबच्चाले पनि छोड्नुपर्छ भनेर सम्झाउँछन् । तर मनबाट त्यो पुरानो सोच हटाउनै गाह्रो भएको छ।

आमिर खानको पिके फिल्मको ‘रङ नम्बर’ परेको कथाजस्तै, डाक्टरसाहेब, मलाई पनि आफ्नै बाबाले ‘रङ नम्बर’ दिनुभएछ ।

उहाँको यो कथा सुनेर ओपीडीमा खुब हाँसियो । संवाद रमाइलो थियो, तर त्यसले एउटा गम्भीर कुरा पनि सम्झायो ।

सानो उमेरमा हामीले ठूलाबाट सिकेका बानी जीवनभरि साथमा रहन सक्छन् । हामीले राम्रो ठानेर सिकेका सबै कुरा स्वास्थ्यका लागि राम्रा नहुन सक्छन् । माया गर्ने अभिभावकले पनि अन्जानमा गलत बानी सिकाउन सक्छन् ।

खैनी, सुर्ती, गुट्खा वा चुरोट– जुनसुकै रूपमा प्रयोग गरे पनि सुर्तीजन्य पदार्थले मुखको क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

अब भन्नुस् त, तपाईंले पनि कुनै गलत बानीलाई ‘भगवानको प्रसाद’ सम्झेर त अपनाउनुभएको छैन नि ?

हास्दै–हाँस्दै आफ्नो स्वास्थ्य सुधार्ने बाटो रोजौँ।

मधुमेह सुर्ती सेवन
डा. दीपक मल्ल
लेखक
डा. दीपक मल्ल
मधुमेह, थाइराइड तथा हर्मोनरोग विशेषज्ञ

डा. मल्ल हाल काठमाडौंस्थित  वीर अस्पतालमा कार्यरत छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ५३५६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सुगरको रिपोर्टमाथि खैनीको बट्टा

सुगरको रिपोर्टमाथि खैनीको बट्टा

अरूसँग हुँदा मुस्कुराउने तर एकान्तमा रुने, के हो ‘मास्क्ड डिप्रेसन’ ?

अरूसँग हुँदा मुस्कुराउने तर एकान्तमा रुने, के हो ‘मास्क्ड डिप्रेसन’ ?

बिरामी कति समय बाँच्च भन्ने कुरा अनुहार हेरेर एआई उपकरणले बताउने !

बिरामी कति समय बाँच्च भन्ने कुरा अनुहार हेरेर एआई उपकरणले बताउने !

वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग

वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग

हात लाटो हुने, झमझमाउने भइरहन्छ ? हुन सक्छ ‘कार्पल टनेल सिन्ड्रोम’

हात लाटो हुने, झमझमाउने भइरहन्छ ? हुन सक्छ ‘कार्पल टनेल सिन्ड्रोम’

क्यान्सर देखिएपछि १९ वर्षको उमेरमा फ्रिज गरिएको डिम्बबाट ४३ वर्षमा आमा

क्यान्सर देखिएपछि १९ वर्षको उमेरमा फ्रिज गरिएको डिम्बबाट ४३ वर्षमा आमा