+
+
Shares

नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १४:५१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवलपरासी पूर्वको देवचुली नगरपालिका–१७ कुलेनीमा जुवा खेलिरहेका रेशम तामाङसहित १४ जनालाई प्रहरीले नगद ३ लाख ३ हजार १ सय ६५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको छ।
  • धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ बस पार्क काउण्टरमा जुवातास खेलिरहेका सुजित शर्मासहित २ जनालाई प्रहरीले नगद १७ हजार ४ सय रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको छ।
  • दुवै घटनामा प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

१९ कात्तिक, काठमाडौं । नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, गएराति र आज बिहान गरेर १६ जना पक्राउ परेका हुन् ।

नवलपरासी पूर्व, देवचुली नगरपालिका–१७ कुलेनी बस्ने ४१ वर्षीय रेशम तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रेशम समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३ हजार १ सय ६५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

त्यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बस पार्कको काउण्टरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–७ बस्ने ४० वर्षीय सुजित शर्मा समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १७ हजार ४ सय रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?