+
+
Shares

एनपीएलमा आज काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते ७:१६

२१ कात्तिक, काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल मात्रै हुँदैछ ।

साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा काठमान्डु गोर्खाजले अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सको सामना गर्दैछ ।

लुम्बिनी ७ अंकका साथ शीर्ष स्थानमा छ भने काठमान्डु ४ अंकका साथ चौथो स्थानमा रहेको छ ।

लुम्बिनी अपराजित छ । ४ खेलमा ३ मा विजयी भएको छ भने एक खेल रद्द हुँदा अंक बाँडेको छ । काठमान्डुले ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा पराजित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?