+
+
Shares

आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते ८:५३

२१ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गएराति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लागेको थियो । बाँकी पहाडी र तराईका भूभागमा भने मौसम सफा रहेको थियो ।

आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै बाँकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । अन्य क्षेत्रमा भने मौसम सफा रहने अनुमान छ । कोशी प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?