+
+
Shares

सिन्धुलीमा अटो दुर्घटना हुँदा ७ जना घाइते, पाँच जनाको अवस्था गम्भीर

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते १५:०३

२१ कात्तिक, सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लुप्र०१–००१ स ८१४० नम्बरको अटो बिहीबार दिउँसो साढे १ बजे अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खसेको हो ।

दुर्घटनामा अटो चालक मकवानपुरको बागमती गाउँपालिका–१ का ४० वर्षीय गंगा घिसिङ मध्यम घाइते भएका छन् ।

त्यस्तै, पहिचान नखुलेकी ३३ वर्षीया गर्भवती महिला, सोही ठाउँकी १९ वर्षीया कान्छीमाया पहरी, उनकी ३ वर्षीया छोरी समिक्षा पहरी, ९ वर्षीय प्रवास पहरी, ७ वर्षीया स्वस्तिका पहरी र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ ककरेकी ६० वर्षीया पातलीमाया भोलन गम्भीर घाइते भएका छन् ।

सबै घाइतेलाई उपचारका लागि मकवानपुर पठाइएको छ । घटनापछि प्रहरी चौकी हरिहरपुरगढीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

दुर्घटनामा परेको अटो भने घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?