+
+
Shares

गोलीसहित एक जना पक्राउ

थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँको कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेका तनहुँका ४२ वर्षीय सुरेन्द्र नेपालीबाट थ्री नट थ्री राइफलको एक राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ।
  • हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका नेपालीलाई काठमाडौँ जिल्ला अदालतले पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ।

२२ कात्तिक,  काठमाडौँ । थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीको साथबाट सो गोली फेला पारेको हो ।

उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?