+
+

एसएलसी परीक्षा चैत ५ देखि

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ४ गते १७:३३

४ मंसिर, काठमाडौं । यसबर्षको एसएलसी परीक्षा आगामी चैत पहिलो सातादेखि शुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैत ५ गतेदेखि एसएलसी परीक्षा सन्चालन गर्ने निर्णय गरेको हो ।

चैत ५ देखि १३ गतेसम्म लिखित परीक्षा सन्चालन हुने छ । प्रयोगात्मक परीक्षा भने १६ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

चैत ५ गते पहिलो दिन अनिवार्य अंग्रेजी, चैत ६ मा अनिवार्य नेपाली, ८ गते अनिवार्य गणित, ९ गते अनिवार्य विज्ञान, १० गते अनिवार्य सामाजिक र ११ गते स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा हुने छ ।

यसैगरी चैत १२ गते ऐच्छिक प्रथम पत्र र १३ गते ऐच्छिक दोस्रो पत्रको परीक्षा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?