+
+

शीर्ष बैठकमा सहमति भएन, आइतबार फेरि बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ३ गते १८:४०
फाइल तस्वीर
फाइल तस्वीर

३ माघ, काठमाडौं । संविधानका विवादित विषयमा सहमति जुटाउन शनिबार दुई चरणमा बसेको शीर्ष नेताहरुको बैठक विनानिश्कर्ष टुंगिएको छ । बैठक आइतबार बिहान साढे ८ बजे फेरि बस्ने बताइएको छ ।

संविधानसभामा सम्वाद समितिको प्रतिवेदनमाथि छलफल चलिरहेका बेला प्रश्नावली समिति बनाएर प्रक्रियाबाट अगाडि बढ्ने कि तत्काल सहमति गर्ने भन्नेबारे सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले परामर्श गरेका थिए ।

विहान एक चरणमा भएको छलफल सहमतिमा नपुगेपछि दिउँसो ३ बजेपछि पुन छलफल भएको थियो । तर, राष्ट्रपतिले बोलाएको छ भन्दै सत्तापक्षका नेताहरु हतारिएपछि आइतबार पुनः बैठक बस्ने गरी टुंगिएको एक नेताले बताए ।

यो पनि पढ्नुहोस्

कांग्रेस र एमाओवादी मिल्दा आपत्ति छैन : ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?