News Summary
Generated by OK AI. Editorially reviewed.- सुशीला कार्कीले सरकारमा पुगेकाहरूले विपक्षलाई निमिट्यान्न पार्ने खेलमा लाग्न नहुने बताएकी छन् ।
- उनले नयाँ पुस्ताका नेताहरूलाई इतिहास र विगतबाट पाठ सिकेर अघि बढ्न सुझाव दिइन् ।
- विपक्षी दलहरूले पनि सरकारको खुट्टा तान्ने प्रवृत्ति त्याग्नुपर्नेमा उनले जोड दिइन् ।
२२ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिट्यान्न पार्छु भन्नेतिर लाग्न नहुने बताएकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै निमिटयान्न गराउनेतिर सरकार लाग्न नहुने बताएकी हुन् ।
पूर्वप्रधानमन्त्री कार्कीले प्रधानमन्त्री बालेन साह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई विगतलाई हेरेर अघि बढ्न सुझाव समेत दिइन् ।
सरकारमा आएका नवयुवाहरूले अघिल्लो कुराहरू मनन गरेर, हिस्ट्रीलाई मनन् गरेर मुलुक चलाउँदा राम्रो हुने पूर्वप्रधानमन्त्री कार्कीको भनाइ थियो ।
उनले सत्तारुढ दलका नेताहरुले आफूहरु पनि सधैं युवा रहँदैनौ भन्ने कुरालाई हेक्का राख्नुपर्ने बताइन् । त्यसैगरी पूर्वप्रधानमन्त्री कार्कीले विपक्ष दलहरूले पनि सरकारको खुट्टा तान्ने प्रवृत्ति राम्रो नभएको बताइन् ।
उनले भनिन्, ‘आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तानामुद गराउँछु भन्नेतिर पनि लाग्नु हुँदैन । म एउटै कुराको के इक्ज्याम्पल दिन्छु भने इन्टिरियम गोभरमेन्ट कसरी आफनो मिसनमा सफल भयो त ? यो कुरालाई पनि हेरौं न ।’
पोलिटिकल पार्टीहरू बीच हुने प्रतिस्पर्धाले मुलुकलाई अघि बढाउन सहज पुग्ने उनले बताइन् ।
पूर्वप्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूले नै मुलुक हाँक्ने भएकाले उनीहरूलाई आफूले कहिल्यै पनि कमजोर नठानेको बताइन् ।
प्रतिक्रिया 4