+
+

निर्माण व्यवसायीको चार सदस्यीय टोटी मलेसिया प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २१ गते १४:५१

Nirmam-babayshai2२१ माघ काठमाण्डौ । इन्टरनेसनल फेडरेसन अफ एसिया एन्ड बेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर एसोसिएसन (इफाप्का)को ३८औ कार्यकारीणी बैठकमा भाग लिन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनकोे नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल बुधबार मलेसिया प्रस्थान गरेको छ ।

बैठक यही बिहीबार र शुक्रबार मारिटो होटल क्वालालाम्पुरमा बस्ने बैठकमा भाग लिन निर्वतमान अध्यक्ष जयराम लामिछाने, उपाध्यक्ष तथा इफाप्का बोर्ड सदस्य निकोलस पाण्डे र एशोसिएट सदस्य शशिधर रिजाल सहभागी छन ।

सन् १९९० मा स्थापना भएको इफाप्काको नेपाली निर्माण व्यवसायीहरुको राष्ट्रियस्तरको प्रतिनिधिमुलक संस्थाको हैसियतले नेपाल निर्माण व्यवसायी महासंघले सन् १९९३ मा सदस्यता प्राप्त गरेको थियो ।

इफाप्काको मलेसियामा सम्पन्न २९औं सम्मेलनले नेपाललाई अध्यक्षमा निर्वाचित गरेको थियो । सदस्यता प्राप्त गरेको छोटै अवधिमा महासंघले सन् १९९९ मा उक्त संस्थाको ३० औं इफाप्का अन्तराष्ट्रिय सम्मेलन भव्य रुपमा काठमाण्डौमा सम्पन्न गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?