+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
46/1 (5.4)
VS
चितवन राइनोज 2025
0/0
Shares

टि्वटरले किन्यो भिडियो स्ट्रिमिङ एप पेरिस्कोप

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २ गते १२:००

periscope
सोसल नेटवर्किङ साइट टि्वटरले भिडियो स्ट्रिमिङ एप पेरिस्कोप खरीद गरेको छ ।

सोसल साइट प्रयोगकर्ताहरुमा बढ्दै गएको लाइभ भिडियो शेयरिङ गर्ने रहर तथा प्रचलनलाई क्यास गर्नका लागि टि्वटरले भिडियो स्ट्रिमिङ एप खरीद गरेको बताइएको छ ।

यद्यपि पेरिस्कोप अहिले पनि परिक्षणकै अवस्थामा छ र प्रयोगकर्तालाई यो एप चलाउनका लागि कम्पनीको निम्तो आवश्यक पर्छ ।

टि्वटरका उपाध्यक्ष केभिल विलले पेरिस्कोप खरीद गरेको विषयलाई पुष्टि गर्दै टि्वटेका छन्, ‘पेरिस्कोपलाई टि्वटर टिममा आधिकारिक रुपमा स्वागत गर्दा उत्साहित बनेको अवस्था । सबै जनाले जे तयार गरेका छन् त्यो हेर्नका लागि अब पर्खिनै सकिन्न ।’

टि्वटरले पेरिस्कोप खरीद सम्बन्धि सम्झौताको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन । यद्यपि रिपोर्टहरुका अनुसार पेरिस्कोपलाई भित्राउन टि्वटरले ५ करोड देखि १० करोड अमेरिकी डलरसम्म खर्चिएको छ ।

भिडियो शेयरिङमा प्रयोगकर्ताहरुको बढ्दो रुचीसँगै प्रयोगकर्ताहरु अर्को स्टि्रमिङ एप मिरक्याटमा धमाधम आबद्ध भैरहेको समाचार सार्वजनिक भैरहेका बेला टि्वटरले पनि भिडियो स्टि्रमिङ एप खरीद गर्नुलाई दी भर्ज अनलाइनले ‘टि्वटरमा तहल्का’को रुपमा व्याख्या गरेको छ ।

टि्वटरले पेरिस्कोपलाई आफ्नो मेसेजिङ एप्पमा एकिकरण गर्छ वा स्वतन्त्र एपकै रुपमा रहन दिन्छ भन्ने विषयमा भने तत्काल स्पष्ट हुन नसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?