+
+

एमाले नेता ढकाललाई स्वाइन फ्लू, एयर एम्बुलेन्सबाट दिल्ली लाने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १४ गते २२:३६

ram nath dhakal१४ चैत, काठमाण्डौ । एमाले नेता रामनाथ ढकाल स्वाइन फ्लू संक्रमणका कारण गम्भिर बिरामी परेका छन् ।
स्वाइन फ्लूसँगै नियमोनियाको समेत समस्या देखिएपछि गम्भिर रहेका ढकालको धापासीस्थित ग्राण्डी अस्पतालको सघन उपचार कक्ष(आईसीयु)मा राखेर उपचार भइरहेको छ ।
केही दिनदेखि रुघाखोकीबाट ग्रस्त रहेका ढकाल शुक्रबार उपचारका लागि ग्राण्डी अस्पताल भर्ना भएका थिए ।
डा. अर्जुन कार्कीले चेकजाँच गर्दा स्वाईन फ्लूको संक्रमण पाइएको थियो ।
ढकाललाई निमोनिया र रगतमा ह्वाइट ब्लड सेलको कमी भएका कारण अबस्था थप गम्भिर भएको एमाले केन्द्रीय सदस्य खिमलाल भट्टरार्इले जानकारी दिए ।
भट्टरार्इका अनुसार उनलाई आइतबार एयर एम्बुलेन्समार्फत् उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल लैजाने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?