+
+

बन्दैछ ‘चपली हाईट-२’ विनिता आउट !

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २८ गते ८:५८

Binita-baral

काठमाडौ । दुई वर्षअघि बनेको चर्चित चलचित्र ‘चपली हाईट’ को सिक्वेल बन्ने भएको छ । तर, अघिल्लो फिल्ममा मुख्य भुमिका निर्वाह गरेकी विनिता बराल दोहोरिने छैनन् ।

‘चपली हाईट’ मा मुख्य भुमिका निर्वाह गरेकी विनिता बरालको सुटिङ सुरु हुँदै गर्दा निर्देशक दीपेन्द्र के खनालसँग मन मुटाव भएको थियो । पछि फिल्मको पोष्टर र होडिङ बोर्ड बनाउने बेलामा पनि नायिका बराल र निर्माता अर्जुन कुमार विच विवाद देखियो ।

विनितासँग काम गर्न गार्‍हो हुने भन्दै निर्देशक खनालले दोस्रो हिरोईन खोज्ने सुझाव निर्माता अर्जुन कुमारलाइ दिएका थिए । निर्माता अर्जुन कुमार पनि विनिताप्रति खुसी छैनन् । विनिताले भने आफैंले फिल्म नखेलेको बताएकी छिन् ।

पछिल्लो समय तरकारी खेतीमा लागेकी विनिता अहिले उपन्यास बजारमा ल्याउने तयारीमा छिन् । हाल उनको उपन्यासको पाण्डुलिपी फाइनल भइसकेको छ भने केही महिनाभित्र बजारमा आउने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?