
चलचित्र निर्देशन चाडै गरेर प्रदर्शन गर्न पनि सिपालु मानिएका निर्देशक हुन् शोभित बस्नेत । तर, उनै शोभित बस्नेतले चलचित्र ‘जाउँ हिड पोखरा’को प्रदर्शनमा भने समय लगाएका छन् । उनले निर्माण तथा निर्देशन गरेको यो चलचित्र निर्माण भएको केही बर्षपछि प्रदर्शनमा आउने भएको छ ।
निर्देशक बस्नेतका अनुसार यो चलचित्रलाई साउन १ गतेबाट प्रदर्शन गरिनेछ । चलचित्रमा नायिका रेखा थापा र नायक जिवन लुइटेल मुख्य भूमिकामा छन् । साथमा चलचित्र सम्राट सापकोटा, जीके शर्मा लगायतका कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रलाई कृष्ण कार्कीले प्रस्तुत गरेका हुन् ।
चलचित्र ‘जाउँ हिड पोखरा’लाई नायिका रेखा थापाको वास्तविक जिवनको कथा पनि भनिन्छ । एक यूवती कसरी स्टार बन्छे भन्ने कथालाई चलचित्रमा देखाउन खोजिएको छ । यो चलचित्र शोभित बस्नेतले निर्देशन गरेको २५ औं चलचित्र हो ।
प्रतिक्रिया 4