+
+
Shares

भियतनामी अमेरिकन समुदायबाट चार करोड सहयोग

वाशिंगटन डिसी । अमेरिकामा रहेका भियतनामी अमेरिकन समुदायले नेपालको भूकम्पपीडितका लागि चार करोड रुपैयाँ सहयोग गरेका छन् । उनीहरुले सो सहयोग रकम वाशिंगटन डीसीस्थित नेपाली दुताबासमा बुझाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २८ गते ११:४५

us quake help

विजय थापा

वाशिंगटन डिसी । अमेरिकामा रहेका भियतनामी अमेरिकन समुदायले नेपालको भूकम्पपीडितका लागि चार करोड रुपैयाँ सहयोग गरेका छन् । उनीहरुले सो सहयोग रकम वाशिंगटन डीसीस्थित नेपाली दुताबासमा बुझाएका छन् ।

भियतनामी अमेरिकन समुदायद्वारा सन् २००१ मा अमेरिकाको क्यालिफोर्नियाबाट प्रशारण हुदै आएको सैगुन ब्रोडकास्टिङ् टेलिभिजन नेटवर्कको पहलमा सहयोग जुटाएका हुन् ।

अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुनकुमार कार्कीले सहयोग रकम बुझ्दै भियतनामी अमेरिकन समुदायले गरेको सह्रानीय कदमको प्रशंका गरे । उक्त रकम प्रधानमन्त्रि दैबी प्रकोप राहत कोषमार्फत भूकम्पपीडितलाई खर्च गरिने राजदूत कार्कीले जनाए ।

संकलित रकम टेलिभिजन नेटवर्कले आˆना दर्शक, शुभचिन्तकबाट जुटाएको दूताबासका मिनिस्टर कन्सुलर नारायणप्रसाद मैनालीले जानकारी दिए ।

सैगुन ब्रोडकास्टिङ टेलिभिजन नेटवर्कका उपाध्यक्ष दो फु को टोली तथा डीसी महानगर क्षेत्रमा बसोबास गर्ने तथा उक्त संचालक समितिका एक सदस्य रहेकी डा बिन्ह टि नुगेनको संयोजनमा डिसी दूताबासमा संकलन गरिएको ४ लाख डलर हस्तान्तरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?