+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

गंगामायाको स्वास्थ्य नाजूक, जीबन रक्षा गर्न अधिकारकर्मीको माग

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३२ गते १५:३७

३२ जेठ, काठमाडौं । द्वन्द्वकालमा छोरा कृष्णप्रसादलाई मार्नेहरुलाई कारवाहीको माग गर्दै आएकी गोर्खा फुजेलकी गंगामाया अधिकारीको जीवन रक्षा गर्न अधिकारकर्मीहरुले अपिल गरेका छन् ।

अस्पतालको शैयामा गंगामाया । फाइल तस्वीर
अस्पतालको शैयामा गंगामाया । फाइल तस्वीर

वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत गंगामायाको स्थिति नाजुक बन्दै गएको छ । हाल उनी तरल पदार्थसमेत पीउन सक्दिनन् ।

छोराको हत्यामा संलग्न व्यक्तिलाई कारवाहीको माग गर्दै आमरण अनसन बसेकै अवस्थामा गंगामायाका पति नन्दप्रसादको ०७१ असोज ६ गते निधन भएको थियो । तर, उनको अझै अन्त्येष्टि हुन सकेको छैन ।

अधिकारकर्मीको तर्फबाट चरण प्रसाइँले सोमबार विज्ञप्ति निकालेर गंगामायाको माग सम्वोधन गर्न, न्यायालयमा जारी सरकारवादी मुद्दा फैसलामा ढिलासुस्ती नगर्न र आरोपितमध्येका रुद्र आचार्यलाई बेलायतबाट नेपाल झिकाउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?