१२ असोज, भक्तपुर । मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच वार्ता भएको छ ।
सानोठिमीस्थित ठाकुर निवासमा भएको उक्त वार्तामा दुई नेताबीच तराई आन्दोलन, भारतले गरेको अघोषित नाकाबन्दी र तीन दलले गठन गरेको वार्ता टोलीसँग हुने वार्ताका विषयमा छलफल भएको हो ।
वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छेदारले तराईमा मधेस र थारू समुदायले गरेका आन्दोलनका कारण भारतले नाकाबन्दी नगरेको दाबी गरे ।
“भारतले दसैंको बेलामा नाकाबन्दी गर्नु राम्रो होइन, तराईमा हामीले गरेको आन्दोलनका कारण नाकाबन्दी गरेको होइन, गच्छेदारले भने – “नाकाबन्दीले दैनिक उपभोग्य सामानदेखि पेट्रोलियम पदार्थको समेत हाहाकार भएको छ, यो समस्यालाई समाधान गर्न सरकार र सत्ताधारी दलले छिटो पहल गर्नुपर्छ ।”
देशलाई छिटो निकास दिन सरकार र सत्तापक्ष जिम्मेवार र गम्भीर भएर लाग्नुपर्ने बताउँदै उनले तमलोपा अध्यक्ष ठाकुरसँग मधेसका मुद्दालाई एक बनाएर वार्तामा बस्ने बारेमा छलफल भएको जानकारी दिए । रासस
प्रतिक्रिया 4