+
+

विराटनगर भन्सार नाकाबाट १३ गाडी भित्रिए, तर तेल अाएन

१८ असोज, विराटनगर । फलफूल तथा औद्योगिक क्षेत्रका कच्चा पदार्थ बोकेका १३ सवारी साधन विराटनगर भन्सार कार्यालयबाट नेपाल भित्रिएका छन् ।

सामान लोड गरेर तयारी अवस्थामा रहेका ट्रक बिहान नेपाल भित्रिएको विराटनगर भन्सार कार्यालयका प्रमूख कृष्ण बस्नेतले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते ८:४८

ध्रुव भट्टरार्इ 

१८ असोज, विराटनगर । फलफूल तथा औद्योगिक क्षेत्रका कच्चा पदार्थ बोकेका १३ सवारी साधन विराटनगर भन्सार कार्यालयबाट नेपाल भित्रिएका छन् ।

सामान लोड गरेर तयारी अवस्थामा रहेका ट्रक बिहान नेपाल भित्रिएको विराटनगर भन्सार कार्यालयका प्रमूख कृष्ण बस्नेतले जानकारी दिए ।

फलफूल र कच्चा पदार्थ बोकेका ट्रक अगाडी रहेकाले ती सवारी नेपाल आएको पेट्रोल र डिजेल बोकेका सवारी पनि लाइनमा रहेकाले केही समयमा भित्रिने बस्नेतले बताए ।

आइतबार बेलुका पनि फलफूल तथा खाद्य सामग्री बोकेका सातवटा सवारी साधन नेपाल भित्रिएका थिए ।

भन्सार कार्यालय परिसरमा अहिले मोर्चाका कार्यकर्ता नभएकाले सवारी सञ्चालनमा सहजता भएको छ । आइतबार भने मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका कारण सवारी चालकले सवारी चलाएका थिएनन् ।

मध्यरातमा दुई राउन्ड हवाई फायर

Raniयसैबीच धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई हटाउन प्रहरीले मध्यरातमा दुई राउन्ड हवाई फायर गरेको छ । धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई हट्न आग्रह गर्दा नमानेपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी प्रमोद खरेलले जानकारी दिए ।

धर्नामा बसेका संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य भूराज राई र राम विलास यादवलाई भने प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरु रानी भन्सारको परिसरमा धर्नामा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?