+
+

ओलीलाई कोइरालाको जवाफः आधिकारिक सहमति पालना नगर्नेले सहमतिको कुरा गर्न निरर्थक छ

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १८:३६

Sushil Koirala, PM Election

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइरालाले एमालेसहितका दलहरुले नै सहमति तोडेको आरोप लगाएका छन् ।

संसदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै कोइरालाले १६ बुँदे गर्दा कुनै भद्र सहमति नभएको बताए । तीन दलको सहमतिअनुसार सरकारले ल्याएको संविधान संशोधन विधेयक पास गर्न सहयोग नगरेको र पुनःनिर्माण प्राधिकरणसम्वन्धी अध्यादेश असफल पारेको भन्दै कोइरालाले भने- आधिकारिक सहमति पालना नगर्नेले सहमतिको कुरा गर्न निरर्थक छ,’ उनले अघि भने- १६ बुँदेमा कहाँ यो कुरा आएको छ । त्यसरी गुमराह गर्नुभएन ।’

कोइरालाले मधेस आन्दोलनतर्फ संकेत गर्दै थोरै लचिलो भएको भए दलहरुबीच सहमति हुने अवस्थामा सहमति नभएको बताए ।

कोइरालाले आफू राष्ट्रियता र लोकतन्त्रका लागि जेल बसेर यो ठाउँसम्म आएको बताए । उनले आफूले पदका लागि नभएर ‘डेमोक्रेटिक’ प्रक्रियाका लागि उमेद्वारी दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?