+
+

माल्दिभ्समा खुल्यो पहिलो अन्डरवाटर नाइट क्लब

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ३० गते १५:००

Underwater-nightclubs

एक शनिबारको रात माल्दिभ्सको एक डान्स फ्लोरमा थुप्रै मानिसहरु झुमिरहेका थिए । यो कार्यक्रमका लागि डीजेलाई राजधानी मालेबाट जहाजबाट ल्याइएको थियो । र, उनी एकपछि अर्को वेस्टर्न हिट गीत बजाइरहेका थिए ।

मानिसहरु आफ्नो डान्स पार्टनरलाई इम्प्रस गर्ने प्रयास गरिरहेका थिए । तर, उनीहरुको नजर पटक पटक इन्द्रधनुषी माछाहरुमा पर्दा सबैभन्दा ठूलो समस्या देखिन्थ्यो । समुन्द्री बनस्पतीहरु शीशा बाहिर निकै आकर्षक देखिएको थियो ।

वास्तवमा म ममुन्द्र तहबाट छ मिटर तल थिए । र, त्यो थियो विश्वको पहिलो अन्डरवाटर नाइट क्लब ।  एकतिर डीज डान्स फ्लोरमा संगीतमय वातावरण बनाइरहेका थिए भने अर्कोतिर शार्क माछा आउने खतरा थियो ।

यो क्लब हो सबसिक्स । यो माल्दिभ्सको दालू अटोल द्वीपको रिेसोर्ट नियामाबाट ५०० मिटरको दुरीमा छ । यहाँ मालेबाट सीप्लेनबाट ४० मिनेटमा पुगिन्छ ।

Underwater-nightclubs-1

कल्पना गर्नुुस् त, समुन्द्रभित्रको नाइट क्लब, बाहिर देखिने समुन्द्री वनस्पती, एकपछि अर्को वेस्टर्न हिट गीत संगीत र ककटेल बार, वर्षौंसम्म यादगार रहने त्यो दृश्य ।

सबसिक्सको सुरुवात २०१० मा भएको थियो । पहिलो यो जमीनमा थियो । तर, समुन्द्री जीव वैज्ञानिकहरुको सहयोगमा स्थानान्तरण गरिएको छ ।

५ वर्षमा यो नाइट क्लबको आसपास समून्द्री वनस्पतीहरु विकसित भए र त्यसलाई नयाँ तरिकाले सजाइएको छ ।

अगष्ट २०१५ मा यो नाइट क्लब खुल्यो । इन्टेरियर डिजाइनर र लाइटिङको राम्रो व्यवस्थाका कारण पनि यो क्लब निकै आकर्षक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?