+
+

बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते ९:१५

१ कात्तिक, चितवन । चितवनको खैरहनीमा शनिबार राति बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् । तीनजनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका– २ बस्ने एम्बुलेन्स चालक टङ्कबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका चारजनाको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेहरुमा खैरहनी– ४ का कुलबहादुर घले, प्रदीप घले र सन्दिप घले रहेको प्रहरीले जनाएको छ ।

उमा घलेको अवस्था भने सामान्य छ । प्रदीप घलेलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा सो दुर्घटना भएको हो ।

पूर्व चितवनबाट भरतपुरतर्फ आउँदै गरेको ना२च ६४५४ नंको एक्बुलेन्स र विपरीत दिशाबाट गइरहेको ना५ख ४१६३ नंको बस एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?