+
+

रामलीलामा ४० फिटको रावण पुत्ला

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३ गते ११:५१

३ कात्तिक,  बाँके ।  नेपालगन्जको बाँके बगियामा १४७ औँ रामलीला महोत्सव भइरहेको छ ।

विजयादशमीका अवसरमा वर्षौंदेखि निरन्तर रुपमा गरिँदै आएको सो महोत्सव यस वर्ष पनि जारी छ । रामलीला सञ्चालक समितिद्वारा आयोजित महोत्सवमा मेघनाद बध, लक्ष्मण युद्ध, लक्ष्मण शक्ति, कुम्भकर्ण बध, राम रावण युद्ध, लङ्का दहनलगायत कार्यक्रम भइरहेको सो समितिका उपाध्यक्ष सन्तोष कानोडियाले बताए ।

समितिका अनुसार प्रत्येक दिन राति ८ बजेदेखि सुरु हुने कार्यक्रममा विभिन्न नाटक मञ्चन गरिँदै आइएको छ । यस वर्ष ४० फिको रावणको पुत्ला बनाउन लागिएको छ ।

दसँैको प्रतिपदादेखि जिल्लाका विभिन्न ग्रामीण तथा सहर क्षेत्रका चोक तथा गल्लीमा दुर्गा भवानीको प्रतिमा राखेर पूजापाठ गर्नाले चहलपहल बढेको छ ।

ती सबै स्थानमा राति भजनकीर्तनलगायत विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ । दुर्गा भवानीको दसँैका दिनसम्म पूजापाठ गरेर विर्सजन गरी एकादशीका दिन यहाँस्थित विभिन्न नदी तलाउमा लगेर सेलाइने गरिन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?