८ कात्तिक, काठमाडाैं । नयाँ राष्ट्रपतिका लागि सहमति जुटाउने उदेश्यले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी अोलीले अाइतबार बोलाएको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
कांग्रेस र एमाले दुबैले राष्ट्रपतिमा दाबी गरेपछि बैठक बिनानिष्कर्ष टुङ्गिएको हो । दुबै दलले आ-आफ्नाे तफबाट उम्मेदवारी दिने अडान राखेका थिए ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा भएको बैठकमा सहमतिका आधारमा राष्ट्रपतिको चयन हुन थप समय दिने वा प्रक्रियामा अघि बढ्ने भन्नेमासमेत नेताहरुबीच एकमत हुन सकेन ।
संसद् सचिवालयले सहमतिका आधारमा राष्ट्रपति चयनका लागि आजसम्मको समय निर्धारण गरेको छ भने सहमति नभएमा यही कात्तिक ११ गते निर्वाचन हुने कार्यक्रम छ ।
कात्तिक ७ गते शनिबार बसेको संसदको बैठले नयाँ राष्ट्रपति चुन्ने प्रक्रिया सुरू भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4