२८ कात्तिक, काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी आक्रमणमा नेपालीहरु परे नपरेको जानकारी नआएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
फ्रान्सका बिभिन्न स्थानमा आतंकवादी आक्रमण हुँदा कम्तिमा १२० जनाको मृत्यु भएको छ । घटनाको विश्व समुदायले निन्दा गरेका छन् । फ्रान्स सरकारले संकटकाल घोषणा गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोख्रेलले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म केही जानकारी आएको छैन । नेपालीहरुलाई केही भएको भए त खबर आइसक्थ्यो ।’
नेपालमा सार्बजनिक विदा परेपनि फ्रान्सस्थित नेपाली दूतावासमा सम्पर्क गरेर विस्तृतमा बुझ्ने प्रयास गरिरहेको उनले जानकारी पनि दिए । उनले भने, ‘फ्रान्समा नेपालीहरुको सानो कम्युनिटी छ । अहिलेसम्म अपि्रय खबर आएको छैन, नआओस् पनि ।’
यो पनि पढ्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4