+
+

पाँचखालसम्म ग्यास बुलेट ल्याइदिने चीनको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते ६:२३

Griha Laxmi Gas Pokhara 2३० कात्तिक, काठमाडौं । चीनले काभ्रेको पाँचखालसम्म ग्यास बुलेट ल्याइदिने प्रस्ताव गरेको छ । उसले पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर सीधै ग्यासको बुलेट ल्याइदिने प्रस्ताव गरेको हो । आइतबार चीनका लागि नेपाली राजदूत डा. महेश मास्के र नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईबीचको भेटवार्तामा चुन्ताईले पाँचखालसम्म ग्यासको बुलेट ल्याइदिने प्रस्ताव गरेका हुन् ।

राजदूत मास्केले चीनको प्रस्ताव सकारात्मक भएको बताएका छन् । चिनियाँ राजदूतसँगको भेटपछि उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई भेटेका डा. मास्केले चीनको प्रस्तावबारे ब्रिफिङ गरेका थिए । मास्केका अनुसार केरुङ नाकाबाट ग्यासको बुलेट भित्र्याउन असम्भव भएपछि नेपालले तातोपानी नाका हुँदै ग्यास लिने प्रस्ताव गरेको नयाँ पत्रिकामा खबर छ ।

नेपालले तातोपानीमा तत्काल ग्यास लोड–अपलोड गर्न असम्भव भएकाले बाह्रबिसेभन्दा यतासम्म ग्यासको बुलेट ल्याउनुपर्ने प्रस्ताव गरेको थियो । ‘चीनको प्राथमिकता केरुङ नाका छ, तर नेपालतिरको बाटो साँघुरो भएकाले केरुङबाट ग्यासको बुलेट ल्याउन सम्भव देखिएन, हामीले पेट्रोल, डिजेल र अन्य सामग्री केरुङबाटै ल्याउँला, ग्यासको बुलेट तातोपानीबाटै ल्याउनुपर्ने प्रस्ताव राखेका थियौँ,’ उपराष्ट्रपति पुनलाई मास्केले गरेको ब्रिफिङ उद्धृत गर्दै उनका प्रमुख स्वकीय सचिव सुकबहादुर रोकाले भने, ‘आज (आइतबार) बिहान मात्रै चिनियाँ राजदूतसँग भेट भयो, उहाँले खासामा नरोकेर ग्यासको बुलेट सीधै पाँचखाल ल्याउन सकिने धारणा राखेर पाँचखालमा ‘ज्वाइन्ट कस्टम’ स्थापनाको प्रस्ताव राख्नुभयो ।’

स्रोतका अनुसार गत वैशाखको भूकम्पपछि चीन खासामा बस्ती बसाल्न नहुने निष्कर्षमा पुगेको छ । ‘चीन खासामा बस्ती बसाल्न चाहन्न, अन्यत्रै बस्ती सार्न खोजिरहेको छ,’ स्रोतले भन्यो, ‘त्यही भएर चीनको प्राथमिकता केरुङ परेको हो । सम्भवत: अब खासामा बजार हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?