अमेरिका । अमेरिकाको टेक्सासमा कार दुर्घटनामा मृत्यु भएका नेपाली युवा रुसेल श्रेष्ठको शव नेपाल ल्याउनका नेपालीहरुले रकम संकलन गरेका छन् ।
नेपाली समाज टेक्सासले रुसेल श्रेष्ठको शव नेपाल ल्याउन तथा परिवारलाई आर्थिक सहयोग गर्नका लागि सोमबार अपील गरेको थियो । जस अनुसार अनलाइन गो फण्डबाट २६ हजार डलर र सोमबार आयोजित शोकसभामा ४ हजार ७ सय डलर संकलन भएको नेपाली समाज टेक्सासका महासचिव कमल सत्यालले जानकारी दिए ।
शव पठाउनका लागि सुरु गरिएको अभियानमा ठूलो रकम संकलन भए उनको बहिनीको शिक्षाका लागि सहयोग उपलब्ध गराउने समाजले जनाएको छ ।
शनिबार स्थानीय समयअनुसार राति सााढे १० बजेतिर साथीलाई काममा छोड्न निस्केका रुसेल सडक दुर्घटनामा परेका थिए । घाइते अवस्थामा उद्धार गरिएका उनको अस्पताल लगिएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।
उनी सात महिनाअघि मात्र उच्च अध्ययनका लागि अमेरिकाको टेक्सास पुगेका हुन् ।
प्रतिक्रिया 4