Comments Add Comment

इमरानसँग चुम्बन गर्दा नर्गिसले लिइन् अतिरिक्त पैसा

emran and nargis kiss
‘किसर नायक’को रुपमा चिनिएका बलिउडका नायक इमरान हश्मीलाई यसपटक भने चुम्बन भारी परेको छ । उनले आफ्नो नयाँ चलचित्र ‘अजहर’मा नायिका नर्गिस फक्रीसँग चुम्बनको दृश्य त दिए, तर यही चुम्बन उनका लागि भारी पर्‍यो ।

क्रिकेटर मोहम्बद अजरुद्दिनको भूमिकामा देखिएका इमरानको श्रीमीतको भूमिकामा नायिका प्राची देसाई देखिएकी छिन् भने प्रेमिकाको भूमिकामा नर्गिस । नर्गिस र इमरान भएपछि चलचित्रमा चुम्बनको दृश्य नहुने कुरै भएन । तर, यो चलचित्रमा चुम्बन गरेवापत नर्गिसले अतिरिक्त पैसा लिएकी छिन् । इमरानको जुँगाका कारण नर्गिसलाई चुम्बन गर्न गाह्रो भयो ।

नर्गिसले भनिन्-‘यो चलचित्रमा मैले इमरानसँग ५ पटक चुम्बन गरेको छु । तर, त्यो भन्दा बढी मसँग गरिएको संझौतामा थिएन । यसैले, जतिपटक चुम्बन गर्नुपथ्र्यो, मैले अतिरिक्त पारिश्रमिक लिएकी छु ।’ चलचित्र छायांकनको समयमा बहुतै गाह्रो भएको उनले सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment