१४ वैशाख, काठमाडौं । झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएका तीन जनाको नागरिकता सरकारले खारेज गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले महेन्द्रकुमार मिश्र, सतिश कुमार मिश्र, अनिल कुमार मिश्रको नागरिकता खारेज गरेको हो ।
उनीहरुले रुपन्देहीबाट नागरिकता लिएका थिए । उनीहरू भारतीय नागरिक भएको खुलेको छ ।
यसैगरी सरकारले १२ सहसचिवहरुको पदस्थापन पनि गरेको छ ।
सरकारले गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण समन्वय बोर्डको उपाध्यक्षमा स्याङजाका जनकलाल तिवारीलाई नियुक्त गरेको छ ।
यसअघि उक्त पदमा कांग्रेस नेता रामचन्द्र पौडेलका पुत्र चिन्तन पौडेल कार्यरत थिए । पौडेलले उपप्रधानमन्त्री तथा सहकारी विकास मन्त्री चित्रबहादुर केसीसँगको असमझदारीपछि एक महिना पहिले राजीनामा दिएका थिए ।
मन्त्रिपरिषद बैठकले गोरखापत्रको १ सय १६ औं वार्षिकोत्सवका अवसरमा गोरखापत्रको पहिलो अंकको सांकेतिक चित्र अंकित चाादीका सिक्का निकाल्न नेपाल राष्ट्र बैंकलाई निर्देशनसमेत दिएको छ ।
यी पनि पढ्नुस्
सशस्त्र प्रहरी प्रमुखमा दुर्जकुमार राई नियुक्त
वैशाख २१ गते बजेट अधिवेशन बोलाउन सरकारको सिफारिस
प्रतिक्रिया 4